लकडाउनले फुर्सदमा हुनुहुन्छ ? सोसल मिडियाबाट यसरी कमाउन सकिन्छ पैसा ! जान्नुहोस्

एक अनुसन्धानले बताए अनुसार हरेक व्यक्तिले एक दिनमा कम्तीमा दुई घण्टा सोसल मिडियामा बिताउँछन् । अझ सोसल मिडियाका एडिक्टहरूले त त्योभन्दा बढी नै समय मोबाइलमा बिताउँछन् । गेम खेल्न, च्याट गर्न, कल गर्न मात्र होइन सोसल मिडियाबाट मनग्गे पैसा समेत आम्दानी गर्न सकिन्छ । त्यसका लागि मात्र तपाईं यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ ।

फेसबुक


यदि तपाईं फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईंसँग धेरै लाइक्स भएको पेज हुन जरुरी छ । यदि आफ्नो एकाउन्टमा नै धेरै लाइक्स आउँछ, रिच धेरै नै छ भने त्यसबाट पनि पैसा कमाउन सकिन्छ । कति कमाई हुन्छ भन्ने कुरा पेजको लाइक्सका आधारमा हुन्छ । बिभिन्न ब्रान्डले फेसबुकमार्फत विज्ञापन गरिरहेका हुन्छन् ।

पेजहरूले लाइक्स, कमेन्ट तथा सेयरिङका आधारमा पैसा लिने गरेका छन् । नेपाली व्यवसायीहरूले पनि फेसुबकका लागि पनि पैसा छुट्याउने गरेका छन् । केही सेलिब्रिटीले पोस्ट अनुसार पैसा लिने गरेका छन् । तपाईंले कुन क्षेत्रमा व्यापार गर्ने निर्णय गर्नुभएको छ रु खानपान, मनोरन्जन, विज्ञान तथा प्रविधि जुन क्षेत्रलाई लक्ष्य राखिएको त्यही क्षेत्रका विषयवस्तु राखेर पेज चलाउने तथा क्रमशस् लाइक्स बढाउने । अब त्यही आधारमा आफ्नो ब्यापार बढाउन सकिन्छ ।

युट्युब


युट्युबका प्रयोगकर्ताको संख्या नेपालमा पनि दिनानुदिन बढ्दै गएको गएको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका भन्दा युट्युब हेर्नेहरूको संख्या तीव्र गतिमा बढ्दै गएको पाइन्छ । रेडियो, टेलिभिजनमा प्रसारण भएका कार्यक्रम एक पटक हेरेपछि दोहोर्‍याएर सुन्न– हेर्न मिल्दैन तर युट्युबमा भने जुनसुकै बेला पनि हेर्न वा सुन्न, फरवार्ड वा ब्याक गर्न, सेभ गर्न, साथीहरूलाई पठाउन सकिन्छ । यही सहजताका कारण पनि यसका प्रयोगकर्ता बढ्दै गएका हुन् । यदि युट्युबमा तपाईंको एकाउन्ट छ भने यसमार्फत पैसा समेत आर्जन गर्न सकिन्छ । त्यसका लागि तपाईंको च्यानल मोनिटाइज हुन जरुरी छ ।

सन् २०१८ पछि युट्युबले केही नियम परिवर्तन गरेको छ । तपाईंले नयाँ जिमेल एकाउन्टमार्फत कुनै च्यानल खोलेपछि सुरुमा कम्तीमा १ हजार सब्सक्राइब र भिडियोहरू चार घण्टा हेरिएपछि मात्र च्यानल मोनिटाइज हुन्छ । त्यसपछि मात्र भ्युजका आधारमा कमाई सुरु हुन्छ । आफूले अपलोड गरेका भिडियो बाहेक कुनै कम्पनीका प्रमोसनल भिडियो बनाएर पनि कमाई गर्न सकिन्छ । त्यसका लागि सुरुमा आफ्नो च्यानलको पहिचान बलियो बनाउन जरुरी छ । कुन क्षेत्रमा काम गर्ने हो रु खेलकुद, खानपान, मनोरन्जन, विज्ञान तथा प्रविधि रु स्पष्ट भएर काम गर्नु अझ प्रभावकारी हुन्छ ।

टिकटक


टिकटक एपको प्रयोगबाट पनि मानिसहरूले पैसा आर्जन गर्न सक्छन् । यदि तपाईंमा कुनै कला, प्रतिभा छ भने भिडियो बनाएर टिकटकमा राख्न सकिन्छ । चाहे क्यारिकेचर गर्नुहोस् वा डान्स, १५ सेकेन्डको भिडियो बनाएर टिकटकमा अपलोड गर्न सकिन्छ । साप्ताहिक पत्रिकाले लेखेको छ, तपाईंले तयार पारेका भिडियोको लोकप्रियताका आधारमा विभिन्न कम्पनी तथा चलचित्र निर्माताहरूले निश्चित बजेट दिएर आफ्नो कामको प्रचार–प्रसार गर्न सक्छन् ।

ईन्स्टाग्राम


सामाजिक संजालको अर्को लोकप्रिय ईन्स्टाग्राम पनि हो । यसमा तपाईंले आफ्ना फोटो तथा भिडियोहरु अपलोड गर्न सक्नुहुनेछ । यसमा तपाईंले आफ्ना क्षमताको प्रयोग विभिन्न भिडियोहरु बनाई राख्न सक्नुहुनेछ । जसलाई धेरैले मन पराउँदा तपाईंको रिच धेरै जनामा पुग्छ भने विज्ञापनदाताहरुले तपाईंको रिच र फलोअर्सका आधारमा तोकिएको निश्चित रकम दिने गर्दछ । तपाईंको फोटो वा तपाईंले शेयर गरेका सामग्रीहरुको लोकप्रियताका आधारमा विभिन्न कम्पनीहरुले आफ्नो विज्ञापनमा प्रयोग गर्न सक्छन् ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo