इन्स्टाग्राममा आलियालाई १५ लाखले अन्फलो गरे ?

सामाजिक संजाल इन्स्टाग्राम कलाकारको लोकप्रियता मापन गर्ने स्थान पनि हो । इन्स्टाग्राम अहिले कलाकारका लागि आफ्नै दैनिक गतिविधी जानकारी गराउने स्थानदेखि चलचित्रको प्रचार गर्ने राम्रो माध्यम बनेको छ ।

तर, सामाजिक संजालमा कलाकारले जति तारिफ पाउँछन्, गाली पनि उत्तिकै पाउने गरेका छन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि त बलिउडमा परिवारवादको बहस नै सुरु भएको छ ।

यो बहसमा सबैभन्दा बढी आलोचित नायिका आलिया भट्ट भएकी छिन् । आलियालाई अहिले सामाजिक संजाल इन्स्टाग्राममा अनफलो गर्ने लहर नै चलेको छ ।

करिब ५ करोड फलोअर्स नजिक पुगेकी आलिया अहिले आलोचनाको शिकार बनेकी छिन् । उनलाई इन्स्टाग्राममा अनफलो गर्नेको संख्या १५ लाख पुगेको छ ।

४ करोड ८९ लाख फ्यान कमाएकी आलियालाई अहिले १५ लाखले अनफलो गरिसकेका छन् । अहिले उनको इन्स्टाग्राममा फलोअर्सको संख्या ४ करोड ७४ लाख छ । सुशान्त सिंह राजपुत बलिउडमा व्याप्त परिवारवादको कारण डिप्रेशनमा गएको र आत्महत्या गरेको भन्दै उनका फ्यानले करण जोहर, आलिया भट्टको चर्को आलोचना गरिरहेका छन् ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo